ad ad

कारोबार


१ अर्बभन्दा कम रकमको सेयर खरिदबिक्री

१ अर्बभन्दा कम रकमको सेयर खरिदबिक्री

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १५:२५, काठमाडौँ

सेयरबजारमा आज २ अंकको सुधार आए पनि कारोबार रकम झनै खस्किएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो। 

साताको तेस्रो कारोबार दिन सेयरबजारमा २३४ कम्पनी कम्पनीको २५ लाख ८९ हजार कित्ता खरिदबिक्री भएको छ। दिनभरिमा १८ हजार पटकको खरिदबिक्रीमा उक्त संख्यामा सेयर किनबेच भएको हो। 

आज बजार पुँजीकरण २८ खर्ब र तरलता १२ खर्बको रहेको छ। 

सूचक २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको छ। लगानीकर्ताहरुले ६.१० प्रतिशतसम्म कमाउँदा ४.६ प्रतिशतसम्म गुमाउनपुगेका छन्। 

आज पनि बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ९ करोड ७२ लाखको सेयर किनबेच भएको हो। त्यसपछि क्रमशः नबिल बैंक, शिवम् सिमेन्ट, नेष्डो लघुवित्त र एनसीसी बैंकको धेरै कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .