ग्लोबल


हेलिकप्टरमा चिप्लेर लडिन् मुख्यमन्त्री ममता बनर्जी (भिडिओ)

हेलिकप्टरमा चिप्लेर लडिन् मुख्यमन्त्री ममता बनर्जी (भिडिओ)

नेपालखबर
बैशाख १५, २०८१ शनिबार २०:२०, काठमाडौँ

भारतीय प्रान्त पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी शनिबार दुर्गापुरमा हेलिकप्टर चढ्ने क्रममा सिटबाट चिप्लिएर लडेकी छन्।

प्रदेश सरकारका एक अधिकारीका अनुसार चुनावी सभालाई सम्बोधन गर्न दुर्गापुरबाट आसनसोल जाँदै गर्दा सो घटना भएको हो। तर मुख्यमन्त्री बनर्जीलाई गम्भीर चोट भने लागेको छैन। 

उक्त घटना भए पनि मुख्यमन्त्री ममताले दुई छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गरिन्। तर उनले आफ्नो भाषणमा यो घटना वा आफूलाई लागेको चोटबारे केही बताइनन्।

उनी हेलिकप्टरमा चिप्लिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .