ग्लोबल


दिल्लीमा २१ दिनदेखि अनशनरत वाङचुकलाई प्रहरीले उठाएर लग्यो अस्पताल

पत्नीको अपिल: उनको सहमतिबिना केही नखुवाउनू
दिल्लीमा २१ दिनदेखि अनशनरत वाङचुकलाई प्रहरीले उठाएर लग्यो अस्पताल

जन्तरमन्तरबाट सोनम वाङचुकलाई उठाएर अस्पताल लाँदै प्रहरी।


नेपालखबर
साउन २, २०८३ शनिबार १०:५४, काठमाडौँ

भारतको राजधानी दिल्लीको जन्तरमन्तरमा आमरण अनशन बसेका वातावरणीय अभियन्ता सोनम वाङचुकलाई आज शनिबार प्रहरीले उठाएर अस्पताल लगेको छ। 

निट परीक्षामा भएको अनियमितताविरुद्ध अनशन बसेको २१औँ दिनमा उनलाई सफदरजंग अस्पताल लगिएको हो।

बीबीसी हिन्दीका अनुसार जन्तरमन्तरमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

अनशन स्थल जन्तरमन्तरमा तैनाथ प्रहरी

सोनम वाङचुककी श्रीमती गीताञ्जली जे. आङ्मोले उनको सहमतिबिना मुख वा नसाबाट केही नखुवाउन अनुरोध गरेकी छन्।

गीताञ्जलीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म दिल्लीको सफदरजंग अस्पतालमा छु, जहाँ सोनम वाङचुक भर्ना भएका छन्। कृपया म, उनको परिवार र २० दिनदेखि उनको स्वास्थ्यको निगरानी गरिरहेका डाक्टरहरूबाट सहमति नआएसम्म उनलाई मुख वा नसाबाट कुनै पनि औषधि वा तरल पदार्थ नदिनुहोस्।’

यसैबिच ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकले अनिश्चितकालीन अनशनमा बस्ने घोषणा गरेका छन्।

अभिजित दीपक

सीजेपीले सामाजिक सञ्जालमा लेखेको छ, ‘जुलाई २० मा हुने तय भएको 'चलो संसद्' मार्च तालिकाअनुसार नै अगाडि बढ्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad