ad ad

कारोबार


वायुसेवा निगमले भैरहवामा दोहा र क्वालालम्पुरबाट सिधा उडान गर्ने

वायुसेवा निगमले भैरहवामा दोहा र क्वालालम्पुरबाट सिधा उडान गर्ने

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १९:४८, काठमाडौँ

नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ। 

२ गन्तव्यमा भैरहवाबाट उडानको  लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निगमले अनुमति लिएको हो। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहा, दोहाबाट भैरहवा हुँदै फेरि काठमाडौं आउने जानकारी दिए। 

त्यस्तै काठमाडौंबाट क्वालालम्पुर, क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं जहाज आउने छ। 

‘भैरहवा विमानस्थललाई ट्रान्जिट जस्तै प्रयोग गर्छ,’ निरौलाले भने, ‘१९ डिसेम्बरबाट नियमित उडान गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .