सुनको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।
बिहीबार छापावाल सुन ९८ हजार १०० र तेजाबी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार भने छापावाल सुन ९७ हजार ६०० र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी पनि आज ४० रुपैयाँ प्रतितोला मूल्यवृद्धि भएको छ। अघिल्लो दिन १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँ पुगेको छ।
33
Shares
प्रतिक्रिया