कारोबार


साउथ एसिया स्टार्टअप आईसीटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आईसीटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

नेपालखबर
पुस ४, २०७९ सोमबार १३:९, काठमाडौँ

आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ। 

सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो। 

यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो। त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। 

साउथ एसियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन्। 

कस्ता छन् उत्कृष्ट ५ स्टार्टअप ? 
बोरक

बोरक बंगलादेशको सुपर एप हो। यसले राइड शेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेट लगायतको सेवा दिदै आएको छ। 

एक्जाम हब
एक्जाम हब श्रीलंकाको स्टार्टअप हो। यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो। 

म्याजिक बिट
म्याजिक बिट पनि साउथ एसिया स्टार्टअप अवार्डको उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप हो।

म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आईओटी,रोबोटिक्स, प्रोग्रामिङ लगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउछ। समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो। 

पोल्टा इंक
पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो। यसले कृषकहरूको पोल्ट्री फार्मको मूल्य श्रंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ। 

चिंगारी
चिंगारी भारतीय स्टार्टअप हो। यसले टिकटकको जस्तै शर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad