ad ad

कारोबार


चन्द्र ढकालको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने : किसान परिवारका छोराको आर्थिक छलाङ लोभ लाग्दो

चन्द्र ढकालको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने : किसान परिवारका छोराको आर्थिक छलाङ लोभ लाग्दो

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्म गर्दै प्रधानमन्त्री। साथमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २५, २०७९ सोमबार ११:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको प्रशंसा गरेका छन्।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा उनले ढकालको प्रशंसा गरेका हुन्। 

सम्बोधनका क्रममा उनले यी दुई बैंकको मर्जरले ठूला ठूला चुनौतीहरु पनि सहज तरिकाले समाधान गर्न सकिने उदाहरण दिएको बताए।

बाग्लुङको एउटा ग्रामीण किसान परिवारमा जन्मिएर अहिले ढकालले गरेको आर्थिक छलाङलाई प्रचण्डले लोभलाग्दो भने। 

'चन्द्र ढकालको आर्थिक कृयाकलाप हेर्दा लोभलाग्दो छ। बाग्लुङको एउटा ग्रामीण क्षेत्रमा जन्मिएर छोटै अवधिमा यो उचाइ हाँसिल गर्नु चानचुने कुरा होइन', उनले भने, 'उहाँको यो आर्थिक सफलतासँग मेरो राजनीतिक यात्रा पनि कता कता जोडिन पुग्छ। कहिलेकाहीँ म उहाँसँग तुलना गर्छु।'

प्रचण्डले चन्द्र ढकालको आर्थिक यात्रा र आफ्नो राजनीतिक यात्रा उस्तै रहेको बताए। 'तपाईं (चन्द्र ढकाल) को आर्थिक यात्रा र मेरो राजनीतिक यात्रा उस्तै छ', प्रधानमन्त्रीले भने, 'एउटा गरिब ग्रामिण किसान परिवारमा जन्मिएर म आज जुन राजनीतिक भूमिकामा छु। निजी क्षेत्रबाट आफ्नै मिहिनेतमा उहाँ पनि अहिले जहाँ हुनुहुन्छ। हामी दुवैले मिलेर देश बनाउनुछ।' 

आईएमई ग्रुपका अध्यक्ष ढकाल बागलुङको जन्म तत्कालीन अमलाचौर गाउँ विकास समिति वडा नं. ४, कुँडहरमा भएको थियो। त्यस्तै प्रचण्डको जन्म बाग्लुङकै छिमेकी जिल्ला कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको थियो। 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले ढकालसहित निजीक्षेत्रसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन्। 'अहिले पनि म यही अपेक्षा राख्छु, हामी निजी क्षेत्रसँग मिलेर आर्थिक विकासलाई अघि बढाउन चाहन्छौँ', उनले भने, 'यहाँहरु सबैको सहयोग भयो भने देशका अगाडि विद्यमान सबै समस्या हल गर्न सक्छौँ।'

उनले देशकै ठूलो बैंक बनाउन ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको योगदान रहेको पनि बताए। 'यो पक्कै सजिलो काम होइन धेरै उतारचाढ पार गर्नुपर्यो', उनले भने, 'यो हाम्रो राष्ट्रका लागि महत्वपूर्ण कदम हो। यो मर्जरले देशले अझै बलियो, थप विविध र गतिशील बैंकिङ क्षेत्र पाउने छ।'

सम्बोधनका क्रममा प्रचण्डले मर्जर लगायता कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने विश्वास लिए। उनले यस्ता निर्णयले बैंकहरुको दक्षता बढ्ने र वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा हटेर जाने पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .