ad ad

कारोबार


काठमाडौंमा एकीकृत डिजिटल प्रणाली कार्यान्वयन हुँदै, हरेक वडामा १ परामर्शदाता

काठमाडौंमा एकीकृत डिजिटल प्रणाली कार्यान्वयन हुँदै, हरेक वडामा १ परामर्शदाता

नेपालखबर
माघ १६, २०७९ सोमबार १९:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको एकीकृत विद्युतीय सेवा प्रणालीका विषयमा परामर्शदाताहरुलाई तालिम दिइएको छ।

आज राष्ट्रिय सभा गृहको कम्प्युटर प्रयोगशालामा उहाँहरुलाई भेला गराएर इ-सिफारिस, दर्ता चलानीलगायत प्रणाली सञ्चालन गर्न तालिम दिइएको हो। प्रणाली कार्यान्वयनमा सहजीकरण गर्न हरेक वडामा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेका एक एक जना परामर्शदाता नियुक्त भएका छन्। 

उनीहरुले प्रणाली सञ्चालनका लागि ३ महिना सहयोग गर्नेछन्। तालिममा सेवाग्राहीबाट विवरण प्राप्त गर्ने, त्यसलाई ग्रहण तथा प्रक्रियामा लैजाने तथा प्रमाणीकरण गर्ने विधिका विषयमा सैद्धान्तिक र प्रयोगात्मक जानकारी दिइएको थियो।

‘हामीले पेनलेस (कलम चलाउनु नपर्ने सेवा) र नागरिकको हातैमा सेवा पु¥याउने उद्देश्यले विद्युतीय सेवा विकास र विस्तार गरेका छौँ। सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले भने, ‘नयाँ प्रणाली भएकोले जनप्रतिनिधिहरुलाई प्रणाली सञ्चालन गर्न सहयोग र कर्मचारीलाई क्षमता विकास गर्नु पर्ने अवस्था छ। यो खाँचो पूरा गर्न परामर्शदाताबाट सहयोग लिएका हौँ।’ 

वडाले नियुक्त गर्ने परामर्शदाता वडाध्यक्षले सिफारिस गरेको ढकालले जानकारी दिए। 

एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईका अनुसार प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याएपछि सर्जमिन गर्नुपर्ने शिफारिस बाहेक अन्य शिफारिस लिन सेवाग्राहीले वडामा आउनै पर्दैन। 

प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्छन्।

मोबाइल एप्लिकेसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीले प्राप्त गर्न सक्छन्। 

वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका सिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ। यसमा वडाबाट आफैँ पनि सेवा थप गर्न सकिने बनाइएको छ। 

महानगरको एकीकृत डिजिटल सेवा सञ्चालन गर्न वडाध्यक्ष र वडासचिवलाई यस अघि नै अभिमुखीकरणमा सहभागी गराइसकिएको छ। प्रणाली प्रयोग अभ्यास गर्न चाहने जनप्रतिनिधि र कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइएको थियो। 

प्रणाली कार्यान्वयनमा ल्याउन समस्या नहोस भनेर सूचना प्रविधि विभागले सर्भर, इन्टरनेट र इन्ट्रानेटको परनिर्भरता कम गराउने प्रयास गरिरहेको छ। वैकल्पिक इन्टरनेट जडान यसको नमूना हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .