कारोबार


पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २७ गतेदेखि चितवनमा

पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २७ गतेदेखि चितवनमा

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १५:८, काठमाडौँ

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि.ले कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरेका छन्। 

उनीहरुको आयोजनामा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी यही माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने भएको हो। 

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन्।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ। 

उक्त प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .