केयर रेटिङ नेपालले नेपाल धितोपत्र बोर्डमा स्पष्टीकरण पेश गरेको छ।
केयर रेटिङ नेपालले आफ्नै मुख्य लगानी रहेका कम्पनीको आफैँले रेटिङ गरेको भेटेपछि धितोपत्र बोर्डले स्पष्टीकरण साधेको थियो ।
केयर रेटिङले कानून विपरित मेजर लगानी रहेको कम्पनीको रेटिङ गरेपछि बोर्डले कम्पनीलाई हदैसम्मको कारबाही किन नगर्ने भन्दै स्पष्टीककरण सोधेको थियो।
‘जवाफमा रेटिङ कम्पनीले नियमन अनुसारनै रेटिङ गरेको स्पष्टीकरणमा उल्लेख छ’, बोर्डका एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार विशाल ग्रुपको लगानी रहेको केयर रेटिङले १० प्रतिशत बढी लगानी रहेका एक दर्जन कम्पनीको रेटिङ गरेकाले कारबाहीका लागि स्पष्टीकरण सोधिएको थियो।
24
Shares
प्रतिक्रिया