संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल ट्रष्टको आम्दानीले विश्व विद्यालय खोल्न सकिने बताएका छन्। नेपाल ट्रष्टको जिम्मेवारी मन्त्री किरातीले पाएपछि पदबहार ग्रहण गर्दै ब्रिफिङ लिएका छन्।
ब्रिफिङ पछि सम्बोधनको क्रममा किरातीले ट्रष्टको नियमावलीमा शिक्षा क्षेत्रमा लगानी गर्ने नीति रहेको बताएका छन्।
‘विश्वले ठूलठूला आणविक हतियार बनाउन सक्ला, विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्ला तर हाम्रो सगरमाथा पशुपति र लुम्बिनीको फोटोकपी गर्न सक्दैनन्,’ मन्त्री किरातीले भने।
उनले विश्वको हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा विश्व हिन्दु विश्वविद्यालय स्थापना र लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापनाका लागि ट्रष्टले त्यो योजना अगाडि बढाउनु पर्ने बताए।
ट्रष्टको बैठक महिनामा दुई पटक गर्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया