राजनीति


उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने

उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०७९ बिहिबार १६:५३, काठमाडौँ

उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ।

बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।

सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको हो ।

संयन्त्रका संयोजक ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले नागरिक उन्मुक्ति पार्टीले राखेको माग सम्बोधन गर्ने खालको नभएकोले बैठक नबसेको बताए।

‘संयन्त्रको बैठक भोलि बिहीबार ९ बजे बालुवाटारमा बस्छ,’ उनले नेपालखबरसँग भने, ‘सुदुरपश्चिम सरकारको विषयमा यसै भन्ने अवस्था रहेन, नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग आज पनि कुरा भएको हो। तर, उहाँहरुको माग सम्बोधन गर्न सकिने खालका थिएन।’ 

थुनामा रहेका नेता रेशम चौधरीको रिहाइ मुख्य माग राखेको नागरिक उन्मुक्तिले त्यसमा प्रधानमन्त्री र एमाले अध्यक्ष दुवैले लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको छ, जुन सक्ने कुरा भएन।’

यदि विश्वासको मत नपाए सुदुरपश्चिम सरकार ढल्नेछ।

माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदका सहयोगमा सो प्रदेशमा एमालेका मुख्य मन्त्री बनेका थिए।

मुख्यमन्त्री बनेको एक महिना पुगेकै दिन उनले विश्वासको मत लिने तयारी गर्दा नागरिक उन्मुक्तिका सांसदहरु काठमाडौंमा छन्। 

शुक्रबार विहान बस्ने संयन्त्रको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .