ad ad

बागमती


मनमैजुमा ट्राफिक प्रहरी जवान घिमिरे मृत भेटिएको घटनाबारे आज पत्रकार सम्मेलन

मनमैजुमा ट्राफिक प्रहरी जवान घिमिरे मृत भेटिएको घटनाबारे आज पत्रकार सम्मेलन

नेपालखबर
जेठ ६, २०८१ आइतबार ८:१२, काठमाडौँ

काठमाडौँको तार्केश्वर-९, मनमैजुमा ट्राफिक प्रहरी जवान मृत फेला परेको घटनाबारे प्रहरीले आज (आइतबार) विस्तृत जानकारी गराउने भएको छ। 

दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत  प्रहरी जवान युवराज घिमिरे गत शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए। 

घटना शंकास्पद देखिएकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेका कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी भइरहेको परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘घटनाका विषयमा आज दिउँसो १२ बजे परिसरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छौँ’, एसपी अधिकारीले आइतबार बिहान नेपालखबरसँग भने। 

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता कार्यालय फर्किएका थिएनन्। शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरीले घिमिरेको शव घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगेको थियो। 

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .