ad ad

कारोबार


दीर्घरोगीलाई एनआईसी एशियाको १०/१० लाख, बिरामी भन्छन्- ‘सर्वश्रेष्ठ बचत खाताको बीमाले नयाँ जीवन पायौँ’

दीर्घरोगीलाई एनआईसी एशियाको १०/१० लाख, बिरामी भन्छन्- ‘सर्वश्रेष्ठ बचत खाताको बीमाले नयाँ जीवन पायौँ’

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १७:३३, काठमाडौँ

केही समयअघि इलाम चोक बजारकी रेणुदेवी चौधरीको पछाडिको भाग बेस्सरी दुख्यो। श्रीमान् रतनकुमार चौधरीले भारतको सिलगुढी गएर उनको एमआरआई गराए। 

एमआरआईबाट डाक्टरले क्यान्सर हो कि भन्ने शंका गरेपछि चौधरी दम्पती थप चेकअपको लागि काठमाडौं गए। पुनः परीक्षण गर्दा ब्लड क्यान्सर देखियो। ‘मल्टिपल माइलो’ भएको रहेछ। 

श्रीमतीको उपचारमा धेरै खर्च भइरहेको थियो। यही खर्च भइरहेको बेला उनले सम्झिए एनआईसी एशिया बैंक। जहाँ उनले सर्वश्रेष्ठ बचत खाता खोलेका थिए। जसमा ४ जनाको लागि ८४ लाख रुपैयाँसम्मको बीमा रकम उपलब्ध छ। गएको जेठ ३० गते रतनकुमारले यही बीमावापतको १० लाख रुपैयाँ एनआईसी एशिया बैंकबाट बुझे।    

एनआईसी एशिया बैंकसँगको उनको नाता नयाँ भने होइन। २०६३ सालतिर इलाममा तत्कालीन बैंक अफ एशिया खुल्दादेखि नै उनी यस बैंकको ग्राहक हुन्। त्यो बेलादेखि अहिलेसम्म यस बैंकबाट धेरै कारोबार गरिसकेका छन्। ऋण पनि लिएका छन्। यसै खाताबाट सेयर कारोबार पनि गर्छन्। 

बैंकले जब सर्वश्रेष्ठ बचत खाता ल्यायो, त्यसपछि रतनकुमारले पुरानो आफ्नो र श्रीमतिको खातालाई सर्वश्रेष्ठ एम्बेसडर खातामा रुपान्तरण गरेका थिए। 

‘अन्य खातामा भन्दा यसमा धेरै सुविधा पाउने देखेपछि सर्वश्रेष्ठ बचत खाता बनाएको थिएँ,’ रतकुमारले भने, ‘ब्याज धेरै आउने, स्वत: मुद्दती खातामा पैसा जाने, बीमाको पनि सुविधा रहेछ।’ 

श्रीमतीको दिल्लीमा उपचार भइरहेको बेला गएको बैशाखमा बीमा भुक्तानी दाबी गर्न काठमाडौंमा एनआईसी एशिया बैंकमा पुगे। 

‘यस्तो रोग कसैलाई नलागोस् तर बैंकले दिएको यो सुविधा मेरो लागि लट्री लागेजस्तै हो,’ उनले भने, ‘मैले बीमा खोज्दै गएको होइन। बैकमा खाता भएकै कारण मैले इन्स्योरेन्स पाएको पाएँ।’ 

यो बैंकिङ क्षेत्रमा निकै राम्रो सुविधा भएको उनले बताए। ‘अरुले पनि यो स्किममा खाता खोल्नुपर्छ भन्ने लाग्छ,’ रतनकुमारले भने, ‘कतिबेला कसलाई के पर्छ भन्न सकिन्न। मैले यो बीमा दाबी गर्नुपर्छ भनेर सोचेको पनि थिइनँ।’ 

कुनै बीमा कम्पनीमा बीमा गरेको भए पनि यति छिटो पैसा पाइदैनथ्यो। अझ धेरै पैसा पनि बुझानुपथ्र्यो। बीमा पोलिसीभन्दा यो खाता योजना धेरै राम्रो भएको उनको बुझाइ छ। 

गएको जेठ ३० गते बैंकबाट बीमा रकम पाउने अर्को व्यक्ति हुन् पुस्कर सापकोटा। काठमाडौं टोखा नगरपालिका घर भएर कीर्तिपुर बस्दै आएका सापकोटले पनि १० लाख बुझेका थिए।  

३० वर्षदेखि काठमाडौं महानगरपालिकामा अपरेटर सर्भिसमा कार्यरत सापकोटाले काठमाडौंका विभिन्न ठाउँको फोहर उठाउन डोजर चलाउँछन्। कामको सिलसिलामा कहिलेकाही छाती दुख्थ्यो। ग्यास्टिकले होला भनेर खासै वास्ता गरेका थिएनन्। सधैभरी एकनासे कहाँ हुन्छ र!

२०७८ चैत २४ गते छाती दुखाइ धेरै नै भयो। सास फुल्लेर आयो। परिवारले नजिकैको स्टार अस्पताल दौडाए।

‘अवस्था अलि क्रिटिकल छ,’ स्टार अस्पतालका डाक्टरले सल्लाह दिए, ‘तुरुन्त गंगालाल अस्पतलामा लगेर आईसीयूमा भर्ना गर्नुस्।’ 

गंगालाल अस्पतालमा सीसीयुमा भर्ना भए। अक्सिजन लेभल पनि घटेको रहेछ। परीक्षणको क्रममा मुटुको भल्भमा समस्या देखियो। 

५२ वर्षे सापकोटाको मुटुको शल्यक्रिया भयो। शरीरमा एक्कासि रोग आउँदा सापकोटा निराश थिए। खर्च पनि धेरै लाग्ने। एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ एम्बसडर बचत खाता उनको लागि वरदान बन्यो। आफ्नो उपचारको खर्च सर्वश्रेष्ठ बचत खाताको बीमाबाट पाए। 

‘एक खाताबाट १० लाख बीमा सुविधा आफै पाउँदा त्यो कुरा सत्य रहेछ भन्ने प्रमाणित भयो, बीमा रकम पाएपछि भनेका थिए, ‘यो रकमले मेरो उपचारको लागि ठूलो सहयोग गरेको छ।’

काठमाडौं मनमैजु घर भएकी चन्द्रप्रसाद दाहालकी ४३ वर्षे श्रीमति बिमला दाहाल दुई वर्षदेखि बिरामी थिइन। दाहालले पनि जेठ ३० गते सर्वश्रेष्ठ बचत खाताबाट पाउने बीमा रकम बुझे। 

एमएस (मल्टिपल स्क्रेरोसि) रोगका कारण ठूलो खर्च भइसकेको दाहाल परिवारको। ‘लाखौ जनामध्ये एक जनालाई यो रोग लाग्दोरहेछ,’ चन्द्रप्रसाद भने, ‘त्यो रोग मेरी श्रीमितलाई लाग्यो। ४६ लाखभन्दा धेरै खर्च भइसकेको छ।’ 

उपचारमा धेरै खर्च भइरहेको बेला एनआईसी एशिया बैंकले उपलब्ध गराएको बीमाले ठूलो भरथेग गर्यो। ‘दश लाख रुपैयाँ बीमा मेरो लागि ठूलो सहयोग भयो,’ उनले भने। 

रेणुदेवी चौधरी, पुस्कर सापकोटा, बिमला दाहालमात्र होइनन्, उनीहरु जस्तै दीर्घ रोग, दुर्घटना तथा स्वास्थ्य उपचारवापत यस बैंकबाट बीमा रकम प्राप्त गर्ने ग्राहकको संख्या २ हजार ७८ पुगिसकेको छ। बीमा सुविधा प्राप्त गर्ने यी ग्राहकलाई बैंकले हालसम्म ७ करोड ७७ लाखभन्दा बढी बीमा रकम भुक्तानी गरिसकेको छ। 

यी ग्राहकले घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत १२ जनाले १ करोड २० लाख रुपैयाँ र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन्।

“एनआईसी एशिया बैंकबाट बीमा सुविधा पाउने ग्राहकको संख्या दुई हजारमाथि लागेको छ,” बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपानेले भने, “यो बीमा सुविधाले उहाँहरुको उपचारमा ठूलो सहयोग गरेको छ।”

दीर्घ रोग लागेका बिरामीको लागि बैंकले उपलब्ध गराएको बीमा सुविधाले धेरै सहयोग गरेको न्यौपानेको भनाइ छ। सर्वश्रेष्ठ बचत खातामा उपलब्ध भएको ८४ लाखसम्मको बीमा सुविधामा ग्राहक सन्तुष्ट भएको र यस खाताप्रति आकर्षण तीव्र बढेको न्यौपानेले बताए। 

यी खातामा पाइन्छ ८४ लाखसम्मको बीमा सुविधा 
एनआईसी एशिया बैंकले आफ्ना विभिन्न खातामा ग्राहकलाई ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ। 

सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ काठमाडौं महानगरपालिका बचत खाता, सर्वश्रेष्ठ तलब बचत खातामा ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध छ। 

यी खाताको गुडविल एम्बेसडर खोल्ने ग्राहकले ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनेछन्। यसमा ग्राहकले ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखको औषधि उपचार बीमा पाउनेछन्। औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउनेछन्। 

यी खाताको सबैभन्दा महत्वपूर्ण फाइदा भनेको खातावालाले तोकेकोे अन्य तीन जनाले पनि यो बीमा सुविधा पाउनेछन्।  यो बीमा सुविधा पाँच वर्षसम्म उपलब्ध हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .