पोखरा अंग्रेजी नयाँ वर्ष अबसर पारेर नेबिको प्रालिले कुकिज उत्पादन थालेको छ।
नेपालकै पहिलो बिस्कुट कम्पनी नेबिकोले ‘बटर’ र ‘जिरा’ फ्लेबरका कुकिज उत्पादन थालेको हो। कम्पनीबाट उत्पादित कुकिजको मंगलबार पोखराबाट सार्वजनिक गरिएको छ। थप ४ फ्लेबरमा पनि कुकिज चाडै बजारमा ल्याउने कम्पनीले जनाएको छ।
कम्पनीका म्यानेजर प्रकाश कार्कीले ५५ वर्षको यात्रामा ५५ थरिका बिस्कुट बजारमा ल्याएको बताए। नेबिकोले उपभोक्ताको माग बमोजिम पुराना बान्डलाई निरन्तरता र नयाँ प्रविधिबाट नयाँ उत्पादन बजारमा ल्याउने दुवै काम गरिरहेको उनको भनाइ छ। ब्रान्ड म्यानेजर अरुण पौडेलले दशैभर बिस्कुट बिक्री, वितरणका अलावा सामाजिक उत्तरदायित्व पनि निभाइरहेको उल्लेख गरे।
उपभोक्त मञ्च गण्डकी संयोजक कपिलनाथ कोइरालाले स्वदेशी उत्पादनलाई उपभोक्ताले प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, ‘उही गुणस्तर र मूल्यका स्वदेशी र विदेशी उत्पादन भए हामीले स्वदेशी छान्नैपर्छ, स्वदेशी उद्योगलाई जोगाएर अर्थतन्त्र बलियो बनाउनुपर्छ।‘
नेबिकोका गण्डकी धौलागिरी प्रमुख खेमराज बरालले यो क्षेत्रका ग्राहकको माग, रुचि र नयाँ वर्षको अवसरलाई मध्यनजर गरी पोखराबाट नयाँ उत्पादन सार्वजनिक गरिएको बताए।
मार्केटिङ इन्चार्ज सुरज उपाध्यायले कम्पनीले गुणस्तरमा जोड दिएर नेपाली बजारमा स्थापित भएको बताए। नेबिकोले बालाजु र भैरहवाबाट बिस्कुट उत्पादन गरी देशका ७७ जिल्लामै बिक्री, वितरण गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया