कारोबार


रमेश कर्पले अनाथालयमा मनायो संस्थापक दिवस

रमेश कर्पले अनाथालयमा मनायो संस्थापक दिवस

नेपालखबर
चैत ६, २०७९ सोमबार २०:१९, काठमाडौँ

नेपालको कर्पोरेट समूह रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको छ। 

यस वर्ष कर्पले काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी मनाएको हो। 

समाजको लागि पूनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा रमेश कर्प का सदस्यहरुले अनाथालयमा विभिन्न रमाईला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए। 

रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुशी,  मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

कार्यक्रमको बारेमा बोल्दै, रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले कर्पोरेसनको तेस्रो संस्थापक दिवस विशेष भएको बताए। 

उनले भने, ‘हामीले हाम्रा संस्थापक स्वर्गीय श्री रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पूनः योगदान गर्ने अवसर पाइरहेका छौँ।’ 

रमेश कर्पोरेसनका उपाध्यक्ष रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौँ। हामी समाजको लागि पूनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad