कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्टुरेन्ट र गिफ्ट शप खोल्न बोलपत्र आह्वान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्टुरेन्ट र गिफ्ट शप खोल्न बोलपत्र आह्वान

नेपालखबर
चैत ७, २०७९ मंगलबार ८:३१, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कफि शप, रेस्टुरेन्ट र गिफ्ट शप खोल्नका लागि बोलपत्र आह्वान भएको छ।

मंगलबार एक सूचना जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बढाबढद्वारा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले इच्छुक संस्था÷फर्म÷कम्पनीलाई फारम पेस गर्न आग्रह गरेको छ। 

१५ दिनभित्र ३ हजार ३९० (पछि फिर्ता नहुने) रुपैयाँको ) दाखिला गरेर सोको सक्कल भौचर कार्यालयमा पेस गरी प्राप्त रसिद, नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ।

‘पोखरा  अन्तर्राष्ट्रिय  विमानस्थलको  टर्मिनल  भवनको  प्रस्थान  कक्षमा  तोकिएको  २०  वर्गमीटरको  स्थानमा Tea-coffee  stall,  Restaurant  &  Gift  shop सञ्चालन  सेवा  सञ्चालनको  लागि  बढाबढ  द्धारा  ठेक्का  बन्दोबस्त  गर्नुपर्ने  भएकोले  सम्बन्धित  निकायबाट सो सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक संस्था/फर्म/कम्पनीले निम्न शर्तहरुको अधीनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ जारी सूचनामा भनिएको छ। 

सूचनाः 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad