ad ad

कारोबार


धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट घाइते

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट घाइते

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०७९ आइतबार १३:१७, पोखरा

धौलागिरि हिमालको बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ। 

धौलागिरि आधारशिविरमा अवतरणपछि उडानको क्रममा हेली एभरेष्टको ९एन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो। 

हेलिकप्टरमा सो अवस्थामा एक मात्र पाइलट रहेको र उनी सामान्य घाइते भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। 

‘उनलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइँदै छ’, प्राधिकरणले भनेको छ।

धौलागिरि आरोहणमा गएकाहरुको उद्धार गर्न जाने क्रममा सो दुर्घटना भएको हो।

आज धौलागिरि क्षेत्रको मौसम राम्रो नभएको बताइएको छ। आरोहणमा गएकाहरु पनि मौसम सुधार हुने आशामा बसिरहेका छन्। हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नेपालखबरसँग भने, ‘मध्याह्न पोखराबाट धौलागिरि बेसक्याम्पमा हेलिकप्टर ट्रेकिङका सामान लिएर गएको थियो। सामान छोडेर फर्किने क्रममा हेलिकप्टरको रोटर (पंखा)ले ढिस्कोमा छोएर पल्टिएको हो।’ 

उनका अनुसार एक जना पाइलटमात्र रहेका थिए। ती पाइलटलाई एयर डाइनेष्टीको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइरहेको भुलले जानकारी दिए। 

सेभेन समिटको आरोहण दललाई कार्गो पुर्‍याउन जाँदा सो हेलिकोप्टर दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .