राजनीति


‍लेखराज माओवादीमै फर्किन लागेका हुन्?

‍लेखराज माओवादीमै फर्किन लागेका हुन्?

नेपालखबर
चैत २६, २०७९ आइतबार १३:२०, कञ्चनपुर

पूर्वमाओवादी नेतासमेत रहेका नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पुनः माओवादीमै फर्किने सम्भावना नरहेको बताएका छन्। 

आज माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनलाई भेट्न उनकै निवास पुगेपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा एमाले नेता भट्टले अहिले माओवादीमा फर्किने कुनै योजना नभएको बताएका हुन्।

‘त्यस विषयमा कुनै छलफल भएन, त्यो सम्भावना पनि छैन’, एमाले नेता भट्टले भने, ‘‘हामीबीचको सम्बन्ध भनेको सामान्य होइन, ४० वर्षअघि देखि पारिवारिक सम्बन्ध छ, उहाँ यहाँ आउनु अस्वाभाविक होइन।’ 

एमाले नेता भट्टले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बताए। 

प्रचण्डसँग भेटपछि सञ्चारकर्मीसँग उनले भने, ‘अहिलेको राष्ट्रिय राजनीतिक विषयमा छलफल भयो, पारिवारिक सञ्चो बिसञ्चो सोधियो।’

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी आएका प्रचण्ड एमाले नेता भट्ट भेट्न  अत्तरियास्थितउनकै निवास पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले बिहान टेलिफोन गरेर आफू सुदूरपश्चिम आइरहेको र चिया पिउने गरी निवासमा आउने प्रस्ताव गरेको भट्टले बताए। ‘उहाँलाई निवासमा मैलेँ स्वागत गरे, यो सुदूरपश्चिमको परम्पराभित्र पनि पर्छ,’ उनले भने, ‘यो घरमा उहाँको पनि हो।’

कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट र प्रचण्डबीच अहिले त्यति राम्रो सम्बन्ध छैन। सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादी मिलेर बनेको नेकपा भंग गर्ने फैसला गरेपछि पुरानै पार्टी अस्तित्वमा आएका थिए। त्यसबेला भट्ट माओवादीमा नफर्की एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा उभिएका थिए। यसपछि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .