नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो २ बजे गल्फुटारस्थित खड्का निवासमा बस्ने बैठकमा इतर पक्षका शीर्ष नेताहरूलाई बोलाइएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका शीर्ष नेताहरूबिच प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ।
इतर पक्षले १५औँ महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेका नेताहरू बताउँछन्।
पार्टी संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला इतर पक्षका नेताहरू छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको गृहकार्य गरिराखेका छन्।
संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि राष्ट्रिय भेला बोलाउने इतर पक्षको तयारी छ।
आजको बैठकमा संस्थापन पक्षसँग भएको संवादको ब्रिफिङ र आगामी रणनीति तय गरिने इतर पक्षका नेताहरू बताउँछन्।
यो पनि : पार्टी कार्यालयको झल्को दिनेगरी कांग्रेस देउवा–शेखर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय
Shares

प्रतिक्रिया