कारोबार


नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा काठमाडौँमा सुरु हुँदै

नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा काठमाडौँमा सुरु हुँदै

उद्योग वाणिज्य महासंघको नयाँ वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरू


नेपालखबर
चैत २८, २०७९ मंगलबार ९:३४, काठमाडौँ

उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा आज काठमाडौँमा सुरु हुँदै छ।

होटल याक एन्ड यतीमा आयोजना हुने महासंघको साधारणसभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको विधानअनुसार उक्त साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।

साधारणसभाले महासंघका नयाँ वरिष्ठ उपाध्यक्षलगायत पद भने चुनावमार्फत चयन गर्नेछ। त्यसका लागि भोलि मतदान हुँदै छ। 

नयाँ वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। 

साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .