सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कलोसूचीमा राखेको छ। ठेक्का सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई १ वर्ष देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
कालोसूचीमा पर्नेमा सैलेन्द्रकुमार कुरुम्बाङको एसएएस कन्स्ट्रक्सन ३ वर्षका लागि कालोसूचीमा परेको छ। टंकप्रसाद चौलागाईंको धुलिखेल निर्माण सेवा, हरि खड्काको युनिकर्ण कन्स्ट्रक्सन, विमल चौधरीको फेव नेपाल प्रालि १ वर्षका लागि कालोसूचीमा परेका छन्।
त्यस्तै प्रमिला थापाको ओम शान्ति निर्माण सेवा, अनिल कुमारको रेडलाइन कन्स्ट्रक्सन, वैवाद हुसेनको सेफ मेटल कन्स्ट्रक्सन, राजु सैंजुको सिरुवा कन्स्ट्रक्सन, गोरे तमाङको कविर कन्स्ट्रकसन, नारायणप्रसाद भट्टराईको सुनकोसी कन्स्ट्रक्सन १ वर्षका लागि नै कालोसूचीमा परेका छन्।
१ वर्ष ३ महिना कालोसूचीमा पर्नेमा गोकर्ण प्रसाद पण्डीतको नागार्जुन कन्स्ट्रक्सन कम्पनी, दिपक सापकोटाको शंकरमाली निर्माण सेवा,राजु प्रसाद श्रेष्ठको वाईपी कन्स्ट्रक्सन र रविन कुमार जोशीको रफिना कन्स्ट्रक्सन रहेका छन्।
त्यसैगरी रेशम श्रेष्ठको कन्या कालिका स्टिल फर्निचर प्रालि पनि १ वर्षका लागि कालोसूचीमा परेको छ।
Shares
प्रतिक्रिया