कारोबार


तेस्रो त्रैमासिक रिपोर्ट आउँदा समेत छाएन सेयरबजारमा उत्साह

तेस्रो त्रैमासिक रिपोर्ट आउँदा समेत छाएन सेयरबजारमा उत्साह

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १५:४४, काठमाडौँ

बैक तथा वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/०८०को तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दा समेत सेयरबजारमा उत्साह देखिएको छैन।

तेस्रो त्रैमासिक रिपोर्ट हेर्दा केही बैंक तथा वित्तीय संस्थाको नाफा घटे पनि अधिकांशको राम्रो प्रगति भएको छ। 

तेस्रो त्रैमाससम्ममा वित्तीय संस्थाको खराब कर्जा बढ्दो छ। खराब कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ३ प्रतिशत माथि पुगेको छ। 

वित्तीय संस्थाहरुको प्रोभिजन बढ्दा वितरणयोग्य नाफा गिरावट आई लाभांश क्षमता घट्ने देखिन्छ। 

सोही कारण सेयरबजारका लगानीकर्ता खासै हौसिएका छैनन्। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.७३ अंकले घटेको छ। बजार १५.७३ अंकले घटेर १९०४ विन्दुमा झरेको छ।

घटेको बजारमा वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार भएको छ। तेस्रो त्रैमासमा अधिकांश बैंकहरु घाटामा जाने अड्कलबाजी गरिएजस्तो नहुँदा वाणिज्य बैकको सर्वाधिक कारोबार भएको छ।

गत वर्षको तुलनामा केही बैंकको नाफा घटेपनि औषतमा नाफा बढेको छ। जसकारण घटेको बजारमा वाणिज्य बैंकको सेयर कारोबार राम्रो भएको हो। 
आज वाणिज्य बैंकको सेयर माग उच्च थियो। 

लामो समयदेखि निरन्तर घटिरहेको बजारमा वाणिज्य बैंकको प्रतिकित्ता सेयरमूल्य २०० तल झरेको छ । 

आज कारोबारमा आएका २६७ कम्पनीको ९८ अर्बको कारोबार भएको छ। 

कारोबारमा आएका ३३ कम्पनीको सेयरमूल्य बढ्यो भने १७८ कम्पनीको घट्यो । ८ कम्पनीको सेयरमूल्य भने स्थिर नै छ। 

आज कालिञ्चोक दर्शन कम्पनीको सर्वाधिक ९.९९ प्रतिशतले सेयरमूल्य बढेको छ। 

त्यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ। आज एनआईसी एशिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ। 

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई र नबिल बैंकको उच्च कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .