कारोबार


श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ

नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:१२, काठमाडौँ

स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि विराट महायज्ञ सुरु भएको छ।

मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक महायज्ञ आयोजना गरिएको हो।

फागुन २७ गतेबाट सुरु भएको यस महायज्ञको निरन्तरतास्वरूप परमपूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा वैशाख १० गते अक्षय तृतीयाका दिन उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको विशेष आतिथ्यमा समुद्घाटन भएको हो। 

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उनले उपस्थितलाई स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने बताएका थिए। 

उनका अनुसार कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालिस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने, १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पती गरी एक सय यजमान दम्पतीको सहभागिता रहने र महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताएका थिए। 

स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको उपस्थितिमा २०७९ फागुन महिनाको २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन श्री दुर्गासप्तशती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराए। 

सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषताबारे प्रकाश पारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .