यति कार्पेटले एक वर्षमा डेढ अर्बको बिक्री गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४९ अर्ब रुपैयाँको बिक्री गरेको हो।
यति पोलिचेम पीभीसी रेजिन बेस कार्पेट उत्पादक हो। यति ब्रान्डमा कार्पेट बिक्री गरिरहेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २१ करोड रुपैयाँको कार्पेट बिक्री गरेको थियो। कम्पनीले ०७६/०७७ मा भने ९१ करोड रुपैयाँको बिक्री गरेको थियो।
यतीमा केडिया अर्गनाइजेसन र रिलायन्स ग्रुपको संयुक्त लगानी छ। जसमा अनिल कुमार केडियाको १५ प्रतिशत, इन्दुशंकर चिनी उद्योगको १० प्रतिशत, ऋषि अग्रवालको ९ प्रतिशत, राहुल अग्रवालको ९ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको ६ प्रतिशत सेयर छ।
२०११ मा स्थापना भएको कम्पनीले एभरेष्ट भेन्ली प्रालि खरिद गरी यति ब्रान्डको कार्पेट उत्पादन सुरु गरेको थियो। हेटौंडामा रहेको उद्योगको वार्षिक क्षमता १४ हजार ४०० मेट्रिक टन पीभीसी कार्पेट, ३ हजार ६०० मेट्रिकट रेजिन कोटेड फेब्रिक रहेको छ।
पीभीसी कार्पेट कम्पनीको सबैभन्दा बढी उत्पादन र बिक्री हुन्छ। गत आर्थिक वर्षमा ८० प्रतिशत बिक्री गरेको थियो।
Shares
प्रतिक्रिया