कारोबार


खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानीमा क्यासब्याक र वानप्लस ११ जित्ने मौका

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानीमा क्यासब्याक र वानप्लस ११ जित्ने मौका

नेपालखबर
जेठ ९, २०८० मंगलबार १३:९, काठमाडौँ

‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१ हजारसम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन्।

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ। जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्।

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरि ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउँदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको क्अचबतअज ऋबचम प्राप्त गर्नेछन्।

यस अफरका बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको बिभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ। यसका साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले यस अभियानमा विषेश अफरहरु प्रदान गर्दैछौँ।’

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु. १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन्।

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै विट्सा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्ट अवार्ड २०२२बाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।

हाल खल्तीमा देशभरिका ३४ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ८५ हजार भन्दा बढी एजेन्ट, ६५ हजार भन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १,१०० भन्दा बढी सहकारीहरू र ३००भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad