कारोबार


एक सयदेखि २ सय किलोवाटका विद्युतीय गाडीको अन्तशुल्क घट्यो

एक सयदेखि २ सय किलोवाटका विद्युतीय गाडीको अन्तशुल्क घट्यो

नेपालखबर
जेठ १५, २०८० सोमबार २१:४, काठमाडौँ

सरकारले १०० देखी २०० किलोवाटका विद्युतीय गाडीमा अन्तशुल्क घटाएको छ। हाल ३० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा २० प्रतिशत लाग्ने भएको हो। 

अघिल्लो वर्ष सरकारले १०० किलोवाटमाथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको थियो। सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क पुर्‍याएको थियो। सरकारले १० प्रतिशत घटाएको छ।  

बाँकी विद्युतीय गाडीमा भने कर यथावत राखेको छ। २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जिप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क रहेको छ। यसअघि अन्तःशुल्कमा पूर्ण छुट दिएको थियो। 

त्यस्तै  हाइब्रिड गाडीको अन्तशुल्क बढेको छ। हाल डिजेल÷पेट्रोल इन्जिनका गाडीमा ४५ प्रतिशत लाग्दै आएकोमा अब ६० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .