ad ad

कारोबार


अर्थमन्त्रीको दाबी– बजेट बनाउँदा मन्त्रालयमा कोही पसेको छैन

अर्थमन्त्रीको दाबी– बजेट बनाउँदा मन्त्रालयमा कोही पसेको छैन

इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। (तस्बिर : सरोज बैजु)


नेपालखबर
जेठ २२, २०८० सोमबार २०:३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा कहिँकतै केही कमजोरी नभएको र कोही प्रवेश नगरेको बताएका छन।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

‘म चुनौती दिएर भन्छु, अहिले पनि अर्थमन्त्रालयमा केही पस्यो कि भन्ने कुरा आएको छ जुन गलत छ। केही फाइदा उठाउन चाहनेहरू रिसाएको र त्यसो भनेको हुनसक्छन् तर त्यस्तो भएको छैन,’ महतले भने, ‘त्यहाँका कर्मचारी वा सबैलाई सोध्नुस्। यति गर्दा पनि हिलो छ्याप्ने काम हुन्छ भने नेपालमा इमानदार भएर काम हुँदैन भन्ने बुझिन्छ।’

उनले त्यो विषयमा कहि कतै पनि केही नभएको र कोहि नघुसेको स्पष्ट पारे।

यस्तो विषयमा अनावश्यक कुरा नलेख्न पनि उनले आग्रह गरे। 

छसासद विकास कोष भनेको संसदले सिफारिस गर्ने योजना मात्र हो। यो पूर्वाधारको पुजिगत खर्च नै हो। यो पहिलाको जस्तो साम्सदले आफ्नो खुसिले खर्च गर्ने होइन,’ अर्थमन्त्री महतले भने, ‘आफूले निर्वाचित भएर आएको ठाउमा आवश्यक ५ वटा सम्म योजना सिफारिस गर्न सकुन भन्ने कुरा यसमा राखिएको छ।’

उनले साम्सदले योजना सिफारिस गर्न पनि नपाउने भन्ने कुरा गर्ने भए त्यसको औषधि नभएको बताए।

‘बजेटमा गरेका सुधारका कार्यक्रमलाई हामी गम्भीरताका साथ अघि बढाउने छौं। यसो गर्दा हामी आफूले राखेको राजस्व संकलन र अपेक्षित आर्थिक वृद्धिलाई हासिल गर्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं,’ अर्थमन्त्री महतले भने, ‘यो भन्दा अघि भएन, आज भन्दा अघि सकिएको छैन र अब पनि सकिन्न भन्ने कुरालाई म ठाडै अस्वीकार गर्छु।’

उनले बजेटले राखेको लक्ष्य प्राप्त गरेरै छोड्ने दाबी गरे। 

बजेट र आर्थिक विधेयकमा भिन्नता भएको र निजि क्षेत्रमा असर पुग्नेगरी बजेट आएको विषयलाई पनि अर्थमन्त्री महतले अस्विकार गरे। 

‘निजि क्षेत्रलाई सुरक्षा दिएको कुरालाई सकारात्मक ढंगबाट हेर्न जरुरी छ। हामीले कठिन अवस्था हुँदाहुँदै नहुनु भन्दा केही हुनु ठिक भनेर धेरै कुरा समेटेका छौं,’ डा. महतले भने, ‘तर आफ्नो क्षेत्रमा यसो गरेको राम्रो हुन्थ्यो यसो नगरेको भए हुन्थ्यो भन्नू स्वभाविक हो।’

उनले आफूहरूले भ्याट लगाएको विषयमा पनि सोच विचार गरेर उचित कदम चालेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .