कारोबार


थप पैसा नपाएको भन्दै उदयपुर सिमेन्टका जीएमले दिए राजीनामा

थप पैसा नपाएको भन्दै उदयपुर सिमेन्टका जीएमले दिए राजीनामा

नेपालखबर
जेठ २५, २०८० बिहिबार १७:६, काठमाडौँ

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन्। उनले बुधबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल समक्ष राजीनामा दिएका हुन्।

उनले मन्त्रालयबाट उद्योग चलाउनको लागि पैसा माग गरेका थिए। तर थप पैसा दिन नसक्ने उद्योग मन्त्रीको भनाई पछि राजीनामा दिएका हुन्।

उक्त सिमेन्ट उद्योग अहिले नियमति सञ्चालनमा छैन। उद्योगलाई आर्थिक संकट परेको भन्दै उनले मन्त्रालयसँग गत ३ महिनादेखि थप रकम माग गर्दै आएका थिए।

२०७७ पुसमा सरकारले उनलाई उदपुर सिमेन्टको जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .