ad ad

कारोबार


डलर सञ्चिति बढेर १५ खर्ब नजिक, अन्तर भुक्तानी पनि सुधारतर्फ

डलर सञ्चिति बढेर १५ खर्ब नजिक, अन्तर भुक्तानी पनि सुधारतर्फ

केशर बोगटी
जेठ २६, २०८० शुक्रबार १५:२८, काठमाडौँ

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म शोधनान्तर स्थिति (बीओपी) बढेर २ खर्ब १४ अर्ब रुपैयाँ बचतमा पुगेको छ। १४ महिना घाटामा देखिएको शोधनान्तर स्थिति गत असोजबाट बचतमा देखिएको हो।

देशबाट बाहिरिने रकम र देशभित्र आउने रकमको अन्तर भुक्तानी सन्तुलन थप सकारात्मक हुँदै २१४ अर्ब रुपैयाँ बचतमा छ। चालु आवको भदौमा अन्तःभुक्तानी २३ अर्ब ६८ करोड नोक्सानीमा देखिएको थियो।

आयात घटेर रेमिट्यान्स बढ्न थालेपछि शोधान्तर स्थिति सुधार हुँदै गएको हो। यसले पनि बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ। व्यापार घाटासमेत सुधार हुँदै आएको छ।

वैशाख मसान्तमा चालु खाता घाटा ५४ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्ष त्यही अवधिमा चालु घाटा ५४४ खर्ब ६ अर्ब थियो।

यता विदेशी विनिमय सञ्चितिमा बढ्दै गइरहेको छ। गत असारमा १२१५ अर्ब रहेको सञ्चिति २०.९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ।

आर्थिक वर्षको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिना र ९.७ महिनाको तथा सेवा आयात धान्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।

वस्तु आयातमा नगद मार्जिनको व्यवस्था हटाए पनि कर्जाको ब्याजदर उच्च हुँदा माग बढ्न सकेको छैन।

कर्जाको माग नुहँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम (तरलता)बढ्दै गइरहेको छ। यता तरलता बढ्दै गएपनि कर्जाको माग भने बढ्न सकेको छैन।

जसले गर्दा आयात समेत बढ्न सकेको छैन। रेमिट्यान्समा देखिएको निरन्तर वृद्धि र आयातमा आएको गिरावटले व्यापार घाटामा समेत सुधार हुँदै गइरहेको छ। 

यसका साथै विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब पुगेको छ। 

पछिल्लो समय आयातको गिरावटले अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार हुँदै आएको गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएका छन्। निरन्तर विद्युतीय कारोबारमा समेत उल्लेख वृद्धि भइरहेको तथ्यांकले देखाएको छ। 

वैशाख मसान्तसम्म रेमिट्यान्स २३.४ प्रतिशतले बढेर १० खर्ब ५ अर्ब पुगेको छ। गतवर्ष यसै अवधिमा रेमिट्यान्स ७ खर्ब ७० अर्ब भित्रिएको थियो। 

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधार र रेमिट्यान्सको वृद्धिले सञ्चितिमा आएको सुधार सँगै पर्यटन बढ्न गई विदेशी मुद्रा थप बढ्न सक्ने जानकारहरु बताउँछन्। 

२०८० वैशाखसम्म सेवा क्षेत्रको खुद आय ५७ अर्ब ७४ करोडले घाटामा छ। गत वर्ष त्यही अवधिमा यस्तो घाटा ८८ अर्ब १८ करोडमा थियो। 

त्यसैगरी सेवा खाता अन्तर्गत भ्रमण आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड पुगेको छ। तैपनि भ्रमण व्यय १ अर्ब २ अर्ब ४९ करोड छ। 

जसको समग्र असर नेपालसँग वैशाखमा रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। जुन अर्थतन्त्रका लागि राम्रो मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .