कारोबार


सामसङ टिभीको खरिदमा ३ वर्षको वारेन्टी

सामसङ टिभीको खरिदमा ३ वर्षको वारेन्टी

नेपालखबर
साउन १५, २०८० सोमबार १७:३२, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागू हुने कम्पनीले जनाएको छ।


सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, ‘यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठूलो आनन्द मिलेको छ। यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ।’

कम्पनीका अनुसार यो अफर क्युएलईदि, फ्रेम, युएचदि, एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागू हुनेछ। यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि  ३२" देखि ८५" का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ।

यो नयाँ वारेन्टी अफर मार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ।

यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ। यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन। रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad