कारोबार


दुई विकास बैंकको वित्तीय विवरण : कुनको नाफा कति?

दुई विकास बैंकको वित्तीय विवरण : कुनको नाफा कति?

केशर बोगटी
साउन १९, २०८० शुक्रबार ९:१२, काठमाडौँ

दुईवटा विकास बैंकले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

कर्णाली डेभलपमेन्ट बैंक र कामना सेवा विकास बै‌ंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन्। 

कर्णाली डेभलपमेन्ट बैंक 
कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्म बैंकको नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो।

बैंकको ब्याज आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा पनि धनात्मक हुन पुगेको हो।

असार मसान्ससम्म बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशत बढेर १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ९ करोड रुपैयाँ ब्याजद आम्दानी गरेको थियो। 

ब्याज आम्दानी बढे पनि बैंकको फी तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेको छ। 

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ  छ।

त्यसैगरी बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ छ। बैंकले वितरणयोग्य नाफालाई हेर्दा लाभांश क्षमता ९.८० प्रतिशत देखिएको छ। 

बैंकको प्रतिशेयर आम्दानी बढेर ८ रपैयाँ ८१ पैसा पुगेको छ। असार मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात ४४.५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा छ।

बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.८५ प्रतिशत बढेर ४६ अर्ब ९ करोड पुगेको छ। कर्जा प्रवाह ३.३४ प्रतिशत बढेर ३३ अर्ब ७० करोड रुपैयाँ छ। 

कामना सेवा विकास बैंक 
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्म बैंकको यो नाफा ५ करोड ९० लाख रुपैयाँ थियो।

असार मसान्ससम्म बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ ब्याजद आम्दानी गरेको थियो। 

ब्याज आम्दानी बढेपनि बैंकको फी तथा कमिशन घटेको छ। बैंकको फी तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेको छ। 

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ  छ।

त्यसैगरी बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ। बैंकले वितरणयोग्य नाफालाई हेर्दा लाभांश क्षमता १.७६ प्रतिशत देखिएको छ। 

बैंकको प्रतिशेयर आम्दानी घटेर १३ रपैयाँ १४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५६ पैसा छ।

त्यसैगरी बैंकको खराब कर्जा बढेर २.९८ प्रतिशत पुगेको छ। 

बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेर ५३ अर्ब ४७ करोड कर्जा प्रवाह ३.६६ प्रतिशत बढेर ४३ अर्ब ९२ करोड रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .