फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको विजयी भएको छ।
विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिकोले ग्वाडालजारा स्टेडियममा भएको खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५० औँ मिनेटमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोका लुइस रोमोले गरेको गोल नै खेलमा निर्णायक बन्यो।
दुवै टोलीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयो गर्न सकेनन्।
दुबै टोलीले यसअघि आफ्नो पहिलो खेल जितेका थिए। यो जितसँगै मेक्सिकोले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
मेक्सिको एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। कआउट चरणमा ३२ टोली पुग्नेछन्।
अहिलेसम्म ३ अंक जोडेको दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना भने कायमै छ।
पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको थियो।
हेर्नुहोस् थप तस्बिर












Shares

प्रतिक्रिया