खेल


इंग्ल्यान्ड र घानाले खेले गोलरहित बराबरी, २ खेलबाट दुवैले जोडे समान ४ अंक

इंग्ल्यान्ड र घानाले खेले गोलरहित बराबरी, २ खेलबाट दुवैले जोडे समान ४ अंक

नेपालखबर
असार १०, २०८३ बुधबार ५:१६, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा पूर्व च्याम्पियन इंग्ल्यान्डलाई घानाले गोलरहित बराबरीमा रोकेको छ। 

यो खेलपछि दुवै टोलीको समान ४ अंक जोडेका छन्। 

घानाले आफ्नो पहिलो खेलमा पानामालाई १ गोलले हराएको थियो भने इंग्ल्यान्डले अघिल्लो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो। 

यो खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरणको नजिक पुगेका छन्।

यो नतिजासँगै इंग्ल्यान्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नुपर्ने छ।

अबको खेलमा दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न १–१ अंकको आवश्यकता पर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad