करातेकी एरिका गुरुङ र उसुका विजय सिंजालीले नेपाल ओलम्पिक कमिटी (एनओसी) उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरेका छन्।
ओलम्पिक डे को अवसरमा एनओसीले मंगलबार खेल क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व तथा पत्रकारलाई सम्मान गरेको हो।
उत्कृष्ट महिला र पुरुष खेलाडी अवार्ड विजेताले जनही ५० प्राप्त गरे।
एनओसी उत्कृष्ट क्यामरापर्सन अवार्डबाट पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित, उत्कृष्ट अनलाइन पत्रकार अवार्डबाट सरिता श्रेष्ठ, लेखन विधामा उत्कृष्ठ खेल पत्रकार अजय फुयाल सम्मानित भए। उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।
एनओसी उत्कृष्ट महिला प्रशिक्षक अवार्डबाट कबड्डीकी हरिना थापा, उत्कृष्ठ पुरुष प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठ, युवा महिला खेलाडी अवार्ड टेनिसकी शिभाली गुरुङ, पुरुष युवा खेलाडी अवार्ड बक्सिङका नुर्वु थेन्डुप शेर्पाले पाए। उनीहरु सबैले जनही ५० हजार रुपैयाँ हात पारे।
उत्कृष्ट खेल संघ बनेको नेपाल कराते संघले पनि ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
यस्तै, अशोक रत्न बज्राचार्य, चतुरानन्द राजवैद्य, गीता राना, नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा, शरदचन्द्र शाह मेमोरपयल फाउन्डेसन, थन्डर बोल्ट स्पोर्टस् एकेडेमी जेम्स स्कुल, सूर्यलाल भण्डारी, लक्ष्मी कुमारी श्रेष्ठले एनओसी प्रशंसापत्र पाए।

प्रतिक्रिया