आज नेप्से ८.०१ अंकले बढेकोे छ। नेप्से ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको हो। नेप्से बढेपनि आज कारोबार रमकमा भने केही गिरावट आएको छ। आज १ अर्ब ५४ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ६५ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएमध्ये १३५ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। साथै १२ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचल फण्ड घटेको छ भने बाँकी १२ उपसमुह भने बढेको हुन्। आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
त्यसैगरी लक्ष्मी इक्वीटी फण्डको सेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशतले घटेको छ। आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। सोल्टी होटल कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ।
Shares

प्रतिक्रिया