कारोबार


निगजढ विमानस्थललाई आवश्यक वन कटानको अनुमति दिन निर्देशन

निगजढ विमानस्थललाई आवश्यक वन कटानको अनुमति दिन निर्देशन

नेपालखबर
असार १३, २०७६ शुक्रबार १२:६,

 संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको छ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो। डीपीआर हेरेर सो विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन्। त्यसैगरी समितिले सो विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयबाट वन कटानका लागि अनुमति पाउन नसकेको समितिलाई जानकारी गराएका थिए। उनले सो विमानस्थलको कामलाई अघि बढाउने गरी जग्गाको मुआब्जा वितरणको कामलाई पनि अघि बढाएको बताए। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सो विमानस्थलको कामलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले सो विमानस्थलको डिपीआरको काम समेत सम्पन्न किन नगरेको भनी सरकारलाई प्रश्न गरे।

बैठकमा समितिका सदस्यहरुले टाङगिया बस्तीको उचित व्यवस्थापन समेत अझै हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad