राजनीति


रविको निर्देशनमा सारियो महाधिवेशनस्थल

रविको निर्देशनमा सारियो महाधिवेशनस्थल

नेपालखबर
असार २, २०८३ मंगलबार २१:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गरिने भएको छ। रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएको भए पनि सभापति रवि लामछिानेको निर्देशनमा ठाउँ परिवर्तन गरी भरतपुरमा सारिएको हो।
 
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुँदैछ। पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ। बन्द सत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ। पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्ने गरी तयारी गरिएको गौतमले बताए।

‘केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो,’ उनले भने। चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनको भनाइ छ।
 
रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताए। यसलगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad