कारोबार


मंसिरसम्म कर्जाको डिमान्ड नबढ्ने

बैंकर्सहरु भन्छन् : यस वर्ष माग नबढेर कर्जा खुम्चियो
मंसिरसम्म कर्जाको डिमान्ड नबढ्ने

फाइल तस्बिर


केशर बोगटी
भदौ १७, २०८० आइतबार २०:१२, काठमाडौँ

बैंकरहरुले आगामी मंसिरयता कर्जाको माग (डिमान्ड) नबढ्ने बताउन थालेका छन्। गत वर्ष रिकोभरीमा देखिएका बैंकहरु यो वर्ष माग नबढेर कर्जा खुम्चिएको बताउन थालेका छन्।

लगानीयोग्य रकम (तरलता) अधिक भएको बेला माग नबढ्दा कर्जा प्रवाह घटेको उनीहरुले बताएका छन्। 

प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घट्न सकेको छैन। ब्याज नघट्दा कर्जाको माग नबढेको केहीको आकलन छ।

विगतका वर्षहरुमा साउनमा कर्जाको डिमान्ड नहुने र भदौ लागेपछि मात्रै कर्जाको माग बढ्ने गरेको बैंकरहरुले बताएका छन्। 

चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २० अर्ब रुपैयाँ कर्जा प्रवाह घटेको छ। 

गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन एक महिनामा २० खर्ब घटेर ४८ खर्ब ५९ खुम्चिएको हो।भदौ लागेसम्म (११ दिन) मा कर्जा प्रवाह १८ अर्बले बढेको छ। 

साउनमा वित्तीय संस्थामा ४८ खर्ब ५९ अर्ब रहेको कर्जा प्रवाह भदौ ११ गतेसम्म आइपुग्दा बढेर ४८ खर्ब ७७ अर्ब पुगेको छ। 

यता बैंकहरुले भदौमा निक्षेपको ब्याजदर बढाएका छन। भदौमा बढेको निक्षेपको ब्याजदरले कर्जाको दरसमेत बढाउन मद्दत पुग्छ। 

भदौमा बढेको ब्याजदरका कारण आगामी समयमा कर्जाको डिमान्ड नबढ्नेसमेत आँकलन गरिन थालिएको छ।

भदौमा असोजमा सामान्य कर्जा डिमान्ड देखिए पनि मंसिर नलागेसम्म धेरै कर्जा नजाने एक बैंकरले बताए। 

उनका अनुसार कात्तिकमा दसैँतिहार हुँदा त्यसअघि कर्जा धेरै नजाने अवस्था छ।

‘यो वर्ष कात्तिकमा दसैँ र तिहार परेको छ। दसैँतिहारमा कर्जाको माग न्यून हुन्छ’, ती बैंकरले नेपालखबरसँग भने, ‘दसैँतिहारअघि कर्जाको माग केही भए पनि त्यसपछि मानिहरु चाडपर्वमा व्यक्त हुने हुँदा माग धेरै बढ्ने देखिएको छैन।’ 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले पीपीए नहुँदा बैंकहरुले लोन दिन सक्ने अवस्था नभएको बताउँछन।

‘पछिल्लो समय पीपीए हुन सकिरहेको छैन। पीपीए नहुँदा बैंकहरुले कर्जा दिन सक्ने अवस्था हुने भएन’, उनले भने। 

‘राष्ट्र बैंकको आवश्यकताअनुसार इनर्जी सेक्टरमा बैंकहरुले लगानी बढाएर जानुपर्ने अवस्था छ’, उनले भने, ‘बैंकहरुले लगानी गरिरहेका छन्। पीपीए गर्दै जाने हो भने कर्जा लगानीसमेत बढ्दै जान्छ।’  

उनले इनर्जी क्षेत्र नै कर्जाको डिमान्ड साइट रहेको बताए। 

‘अहिले ग्लोबल्ली पनि नवीकरणीय इनर्जीको डिमान्ड बढ्दो अवस्थामा क्लाइमेट इस्युले गर्दा हेरेर लैजानुपर्ने होला’, उनले भने, ‘अहिले बैंकहरुसँग इन्भेष्टमेन्टको पोर्टफोलियो भइरहेको अवस्था हो।’ 

तर, बजारमा हल्ला भएजस्तो बैंकहरु धेरै लिकुडिटीका साथ बसिरहेको भन्ने कुरामा सत्यता नभएको केसीले बताए।

लिकुडीटी हिसाबले धेरै डराइहाल्नु पर्ने स्थिति भने नभएको उनले बताए। 

चालू पुँजी कर्जाले अहिलेको समयमा पोजेटिभ म्यासेज दिएको केसीले बताए। 

‘धेरै अघिदेखि नै प्रडक्सन इकोनोमीलाई अघि लगेर जानुपर्यो भन्ने माग थियो। नेपालमा प्रोडक्सन इन्डष्ट्रीलाई सपोर्ट गर्ने काम नभएको चिन्ता थियो’, उनले भने, ‘चालु पुँजी कर्जाले त्यसलाई सम्बोधन गरेको छ। यसले केही सकारात्मक सन्देश दिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .