जेडी पावरले चेरीको टिग्गो सिरिज सार्वजनिक गर्दै आफ्नो अपील अध्ययन प्रकाशित गरेको छ।
कम्पनीका अनुसार मध्यम आकारका किफायती ‘एसयूभी’हरूमा टिग्गो७ पहिलो स्थानमा र मध्यम आकारका एसयूभी’हरूमा चै टिग्गो ८ पहिलो स्थान जित्न सफल भएका छन्।
यस्ता विश्वसनीय र चर्चित अवार्डबाट सम्मानित हुनु चेरीको गुणस्तर र आकर्षणको प्रमाण हो। यसले ग्राहकहरूमा बढ्दै गैरहेको लोकप्रियतालाई नयाँ उचाईमा पुर्याउने छ।
२१ वर्षको आधिकारिक प्रकाशन, जेडी ब्रान्डको आकर्षण
‘स्ववतन्त्रता र निष्पक्षताको’ लागि प्रसिद्ध जेडी पावर, यस उद्योगमा उच्च विश्वासिलो नाम हो। नियमितरूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावर अहिले चिनियाँ बजारमा पनि स्थान ओगट्न थालेको छ।
२१ औं वर्षमा आइपुग्दा, जेडी पावरको अपील अध्ययनले जुन २०२२ देखि मार्च २०२३ सम्म किनिएका ३५ हजार १५५ इन्धन गाडीहरुलाई आफ्नो अध्ययनमा समेटेका छन्। यस अनुसन्धानमा २०२२ डिसेम्बर देखि २०२३ मे सम्म ८१ मुख्य चिनियाँ शहरमा फरक फरक ४८ ब्रान्डका २३० मोडेलहरु सामिल गरिएको थियो।
२०२३ मा, चीनको इन्धन यातायात उद्योगले ७३८ अंक वृद्धि सँगै अहिले सम्मकै उच्च सूचाङ्क छोएको छ जुन अघिल्लो वर्षभन्दा ८ अंकको सुधार हो। यसले उपभोक्ताहरूको गाडी खरिदको निर्णयमा उत्पादन अपिलको बढ्दो महत्वलाई जोड दिन्छ। विशेषगरी, उत्पादन डिजाइनले गाडी परिवर्तन गर्नेहरुमा ३७ प्रतिशत र पहिलो पटक खरिद गर्नेहरूमा ३३ प्रतिशत लाई प्रभावित गर्दै, महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाई छ।
टिग्गोको उत्कृष्टता, नम्बर १ दुईवटा!
टिग्गो ८ सिरिज, जसलाई ‘च्याम्पियन’ उत्पादनको लेबल लगाइएको छ। यसले युरोप, दक्षिण अमेरिका र अफ्रिकाका ३९ देशहरूमा राम्रो बिक्री गर्दै विश्वव्यापी रूपमा ध्यानाकर्षण गरेको छ। यस वर्षको जनवरीदेखि जुलाईसम्म १ लाख १७ हजार ८०० इकाइहरूको बिक्रीको साथ, चेरी समूहलाई १ लाख ५० हजार ००० मासिक बिक्री गर्दै यसको उत्कृष्ट प्रदर्शन गरेको छ।
डिजाइनको सन्दर्भमा, टिग्गो ८ सिरिजले विन्डोज वरिपरि चाँदीको पट्टिकासहितको छुट्टै बडी फिचर गर्दछ, जसले यसको आकर्षण बढाउँछ। भित्री भागमा छालाको स्टेयरिङ ह्वील, इमिटेसन लेदर सिट, डिस्प्ले र कनेक्टिभिटी सुविधाहरू छन्, जसले यसलाई उपभोक्ताहरूका लागि आकर्षक विकल्प बनाउँछ। २६ वर्षको लागि, चेरी समूहले स्वतन्त्र आर एण्ड डी र प्राविधिक विकासलाई प्राथमिकता दिँदै, आफ्नो उपस्थितिलाई घरेलु बजारबाट विश्वव्यापी मान्यतामा विस्तार गर्दै आएको छ।
Shares

प्रतिक्रिया