कारोबार


नाडा अटो शो- ७० प्रतिशत अवलोकनकर्ता विद्युतीय गाडीमा झुम्मिए (भिडिओ)

नाडा अटो शो- ७० प्रतिशत अवलोकनकर्ता विद्युतीय गाडीमा झुम्मिए (भिडिओ)

नाडा अटो शोमा राखिएको स्कुटी। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
भदौ २८, २०८० बिहिबार २०:५२, काठमाडौँ

नाडा अटो शोमा ७० प्रतिशत अवलोकनकर्ता विद्युतीय गाडीमा झुमिएका छन्। ३ वर्षपछि भएको नाडा अटो शोमा ग्रहाकको चासो विद्युतीय तर्फ नै गएको हो। 

नाडा अध्यक्ष ध्रुव थापाले अटो शोमा सोचेकोभन्दा धेरै उपस्थिति भइरहेको बताए।  

आर्थिक मन्दिबीच अटो शो नगर्न सुझाव आए पनि यसले बजार चलायमान बनाउन सहयोग पुग्ने देखिएको अध्यक्ष थापाले बताए। 

‘अटो शोमा आउने अधिकांश ग्रहाक विद्युतीय साधन भएको स्टलमा बढी रोकिएका छन्,’ थापाले भने,‘इन्क्वायरी र बुकिङ पनि विद्युतीय गाडीमै देखिन्छ।’

अध्यक्ष थापाले ३ दिनसम्मको उपस्थिति हेर्दा बजार चलायमान भएको सन्देश गएको बताएका छन्। नाडाले २० अर्बको कारोबार हुने लक्ष्य राखेकोमा पूरा हुने थापाले बताए। 

‘अटो व्यवसायीले नाडा अटो शो देखेर नयाँ एलसी खोल्न थालेका छन्,’ उनले भने,‘२ महिनामै नयाँ गाडी भित्रिदाँ सरकारको राजश्व पनि बढ्छ। समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ।’

सिट्रोनका आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका प्रवन्ध निर्देशक हेमन्त गोल्छाले विद्युतीय गाडीमै ग्रहाकको चासो भएको बताए।

सिट्रोनका पेट्रल र विद्युतीय गाडी रहेकोमा विद्युतीयको बुकिङ राम्रो भएको बताए। गोल्छाले सिट्रोनका १०० बढी गाडी बुकिङ भएको दाबी गरे। 

नाडा अटो शो २०२३ का सभापति अनुप बरालले ७० प्रतिशत गाडी बुकिङ विद्युतीयमा देखिदाँ ३० प्रतिशत आइस गाडीमा देखिएको बताए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .