नेपाल वायुसेवा निगमले एक वर्षमा ८ करोड ४५ लाख डलर वैदेशिक मुद्रा आर्जन गरेको छ।
२०२२ अगष्टदेखि २०२३ को अगस्टसम्म नेपाली रुपैयाँमा ११ अर्ब २८ लाख रुपैयाँको विदेशी मुद्रा आम्दानी गरेको हो।
पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई एयरलाइन्स कम्पनीहरुमध्ये धेरै विदेशी मुद्रा आम्दानी गरेकोमा सम्मान गरेको छ।
नेपाल वायुसेवा निगमले काठमाडौंबाट दिल्ली, बैंगलोर, मुम्बाई, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा, नारिकता, दुबई र दमाममा २ वटा न्यारोबडी र २ वटा वाइडबडीबाट उडान गर्दै आएको छ।
त्यस्तै नेपालका दुर्गम विमानस्थलमा २ वटा ट्वीनअट्टर विमानस्थलबाट उडान गर्दा पनि निगमले विदेशी मुद्रा आम्दानी गरेको छ।
24
Shares

प्रतिक्रिया