कारोबार


ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

नेपालखबर
मंसिर ६, २०८० बुधबार १५:२४, काठमाडौँ

ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स सुरु भएको छ। यी दुई कम्पनीबीच यसअघि बैंक र ईसेवा वालेटमा मात्रै साझेदारी थियो। 

अब भने नगद रेमिट्यान्स भुक्तानीमा पनि साझेदारी सुरु भएको बुधबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। 

सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सकिने बताइएको छ। 

ग्राहकहरूले पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्ने पनि बताइएको छ। 

अफर अन्तर्गत आगामी दश दिनसम्म मनिग्राम मार्फत नगद पठाउदा अतिरिक्त रु एक सय बोनस पाउनुका साथै टि सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त गर्नेछन्। साथै पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सकिने पनि बताइएको छ। 

यस सम्झौताबारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ। साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन हामी प्रतिबद्ध छौँ।’

मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीको सेवा विश्वभर सञ्चालनमा छन्। 

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .