कारोबार


एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

एनएमबी बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

नेपालखबर
मंसिर २५, २०८० सोमबार ९:१९, काठमाडौँ

एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले आज (मंसिर २५ गते)बाट नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। 

बैँकले साधारण बचतखाता न्युनतम ४ दशमलव ६० प्रतिशतदेखि अधिकतम ६ दशमलव ६० प्रतिशत ब्यादर दिने जनाएको छ। 

बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

त्यसैगरी बैँकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad