कारोबार


उद्योगी पवन गोल्यान भन्छन् : प्राधिकरणलाई एक रूपैयाँ पनि तिर्न बाँकी छैन

उद्योगी पवन गोल्यान भन्छन् : प्राधिकरणलाई एक रूपैयाँ पनि तिर्न बाँकी छैन

नेपालखबर
पुस १५, २०८० आइतबार १५:३३, काठमाडौँ

उद्योगी पवन गोल्यानले आफूले प्राधिकरणलाई कानूनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको दाबी गरेका छन्।

आइतवार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी गोल्यानले यस्तो बताएका हुन्। उनले विद्युत प्राधिकरणले कानूनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए।

उनले सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत महशुलको कुनैपनि रकम तिर्न बाँकी नरहेको स्पष्ट पारे।

उनले अन्य धागो उद्योग समस्यामा परेको कारण त्यसको सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गरे। उनले अब उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो?  भन्दै प्रश्न गरे।

उनले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो? भन्दै प्रश्न गरे। उनले उद्योगहरुलाई विद्युत दिने नियत कहिल्यै पनि नभएको बताए। उनले आफू कुनैपनि महिनाको विद्युत महशुल बाँकी नराख्ने ग्राहक रहेको बताए।

उनले भने,‘लोडसेडिङको तालिका निकाल्दा रिलायन्स स्पिनिङ मिल्स यति घण्टा लोडसेडिङमा बस्ने भनेर आएको हरेक तालिकामा छ। रिलायन्स स्पिनिङ मिल्सको मात्रै होइन प्रायः सबै ठूला उद्योगहरुको निकालेको छ। उद्योगहरुलाई विद्युत दिने नियत कहिल्यै पनि थिएन। एकै पटक चार वर्षपछि बिल आउनु राम्रो होइन। हामी त्यो ग्राहक होइनौं। हामीले हरेक महिना दिइरहेको कुरा हो।’

उनले कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेण्टल कुरा गरेको बताए। उनले उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगार दिनु अपराध हो? भन्दै प्रश्न गरे।उनले उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने बताए। उनले सरकारले भएका उद्योगहरु सबै बन्द गराउने काम गरिरहेको बताए। उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो? भन्दै आक्रोश पोखे।

उनले डेडिकेटेड र ट्रंक लाइनको महशुलको विषयमा ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको बताए। उनले डिओडी विलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरुलाई भारी बोकाउनु गलत भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .