कारोबार


अधिक विद्युतीय कार बिक्रीमा मस्कको टेस्लालाई उछिन्दै चिनियाँ बीवाईडी

अधिक विद्युतीय कार बिक्रीमा मस्कको टेस्लालाई उछिन्दै चिनियाँ बीवाईडी

नेपालखबर
पुस १७, २०८० मंगलबार १५:१२, काठमाडौँ

चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले इलोन मस्कको टेस्लालाई उछिन्दै विश्वकै ठूलो ईभी उत्पादक बिक्रेता बन्ने भएको छ। 

कम्पनीले सोमबार सार्वजनिक गरेको सन् २०२३ को अन्तिम त्रैमासिकको विवरणले यस्तो देखिएको हो। 

विवरणअनुसार उक्त त्रैमासिकमा बीवाईडीका ५ लाख २६ हजार ब्याट्री कार बिक्री भएका छन्। डिसेम्बरमा ७० प्रतिशतले बिक्री बढेपछि कम्पनी टेस्लालाई उछिन्ने दिशामा अग्रसर देखिएको छ। 

यता अमेरिकी ईभी निर्माता टेस्लाले भने गत वर्षको अन्तिम त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्न बाँकी छ। 

सेन्जेनमा रहेको बीवाईडीले गत वर्ष ३० लाख ईभी बिक्री गरेको जनाएको छ। उसले ब्याट्रीमात्र भएका र हाइब्रिड कारहरु बिक्री गरेको हो। 

बीवाईडीका कुल बिक्रीमध्ये १६ लाख कार ब्याट्रीयुक्त मात्र रहेको कम्पनीले जनाएको छ। 

औद्योगिक विश्लेषकहरुले टेस्लाले गत वर्ष अन्तिम त्रैमासिकमा ४ लाख ८३ हजार ईभी बिक्री गरेको आकलन गरेका छन्। गत वर्षभरिमा टेस्लाले १८ लाख २० हजार कार बिक्री गरेको हुनसक्ने उनीहरुको आकलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .