ad ad

कारोबार


साताको सेयर : १७.०८ अंकले घट्यो नेप्से, २३ अर्ब नाघ्यो कारोबार

साताको सेयर : १७.०८ अंकले घट्यो नेप्से, २३ अर्ब नाघ्यो कारोबार

केशर बोगटी
माघ २०, २०८० शनिबार ११:२८, काठमाडौँ

यो साता बजार २१६७.०१ बिन्दुमा अडिएको छ। गत साता २०८४.०९ बिन्दुमा बन्द भएको बजार यो साता १७.०८ अंकले घटेर २०६७.०१ बिन्दुमा झर्दै बन्द भएको छ। 

यो साता पहिलो दिन बजार निरन्तर बढेर बजार २११९.६१ बिन्दुसम्म पुग्यो। कारोबार समय बजार २१३१.२८ बिन्दुलाई छोएर फर्कियो। यो साता साढे २१ सयको बिन्दु तोड्न नसकेको बजार अन्तत साढे २ बिन्दुतिर झर्‍यो। 

यो साता ठूलो सेयर भोलुमका हिमालयन रि-इन्स्योरेन्स र पुनर्बिमा कम्पनीको लगानीकर्ता केही नाफा बुकतिर लाग्दा नेप्से इन्डेक्स वृद्धि हुन नसकेको जानकार बताउँछन्। 

नेपाल बिमा प्राधिकरणले यो साता रि-इन्स्योरेन्स कम्पनीको पुँजी वृद्धिको योजना पेस गर्न भनेको छ। योसँगै पुनर्बिमा कम्पनीको सेयरमूल्य समेत केही बढेको थियो।

मूल्य बढ्नासाथ साताको अन्ततिर केही लगानीकर्ता नाफा बुकतिर लागसँगै देखिन्छ। यो साता हिमायल रि-इन्स्योरेको सेयरमूल्य ७ सय नाघ्यो। मूल्य ७ सय नाघ्नासाथ सेलिङ बढ्यो। जसले गर्दा बजार बढ्न नसकेको उनीहरुको भनाइ छ।

ठूलो भोलुम भएका कम्पनीको सेयरमूल्य थोरै घट्नासाथ पुरै इन्डेक्स फकर पर्ने उनीहरुको तर्क छ। 

सेयर बजारका अध्येता डा. भरतसिंह थापा ठूलो भोलुमका कम्पनीको सेयरमूल्य ५/१० रुपैयाँले घट्नासाथ सेयरबजारको इन्डेक्स १/२ अंकले तलमाथि हुने बताउँछन्।

उनका अनुसार इन्डेक्स कन्स्ट्रक्सन (सूचक बनावट)सँग जोडिएको हुन्छ। कम्पनीको भ्यालु (मूल्य) भनेको ‘ओइटेड इन्डेक्स’ हो। यसमा भार कम्पनीको पुँजीकरणको हुन्छ। जसकारण ठूलो भोलुमका कम्पनीको सेयरमूल्य थोरै घट्नेबित्तिकै इन्डेक्टमा प्रभाव देखिने थापा बताउँछन्। 

यद्यपि, नेपाल टेलिकम, नेपाल पुनर्बिमा कम्पनीजस्ता ठूला कम्पनीको वजन धेरै हुने भएकोले यस्ता कम्पनीको तलमाथि हुनेबित्तिकै इन्डेक्स १/२ अंकले तलमाथि हुन्छ। तर फेरि सानो कम्पनीको सेयरमूल्य १००/२०० रुपैयाँ तलमाथि हुँदा केही हुँदैन, थापाले भने। 

२३ अर्ब २० करोडको कारोबार
यो साता पाँच वटै दिन खुलेको बजारमा ३ दिन बढ्यो भने २ दुई घट्न पुग्यो। यो साता तीन दिन बढेपनि नेप्से परिसूचक बढेसँगै कारोबार समेत खुम्चिन पुग्यो। यो साता बजारमा २३ अर्ब २ करोडको कारोबार भयो। गत साता नेप्सेमा २६ अर्ब बढीको कारोबार भएको थियो। 

साताको सुरुवातीमा लय देखिएको बजारमा लगानीकर्ता नाफा बुकतिर लाग्दा बजार २१ सयमाथि तल झरेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्।

बजार बढेर २१३० पुग्नासाथ सेलिङ देखिएपछि बजार त्यो बिन्दु माथि जान नसकेको उनको भनाइ छ।

कारोबार अवधिमा भने यो साता बजार झन्डै २१४० बिन्दु छोएको थियो। आईपीओ सूचीकृत गरेका कम्पनीका लगानीकर्ता नाफा बुकतिर लाग्दा सेलिङले बजार घट्न गएको उनीहरुको तर्फ छ। बजारलाई सबै कुराको सपोर्ट मिलेको अवस्थामा बजार सामान्य घट्नु लगानीकर्ताका लागि अवसर बनेको उनीहरुको भनाइ छ। ठूलो भोलुमका कम्पनीका लगानीकर्ताले नाफा बुक गरिसकेकाले आगामी साता बजार पुन लय समाउने उनीहरुको विश्वास छ। 

१३ उपसूचकमध्ये २ मात्रै बढे 
यो साता १३ उपसूचकमध्ये ट्रडिङ र अन्य उपसूचक बढ्दा अन्य ११ मा गिरावट देखियो। यो साता माइक्रोफाइनान्स उपसूचकमा सर्वाधिक गिरावट देखिएको छ। 

सर्वाधिक कमाउने र गुमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा समाज लघुवित्तका लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले ३९.३५ प्रतिशतका दरले कमाउन सफल रहे। त्यसैगरी, राँवा इनर्जी डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। यस साता यस कम्पनीका लगानीकर्ताले ३३.०५ प्रतिशतले कमाए। साथै,  समलिङ पावर कम्पनी, मकरजितुमाया सुरी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले उच्च दरले कमाउन सफल देखिए। 

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा मौलुङ हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, गुँरास लघुवित्त र चन्द्रागिरी हिल्सका लगानीकर्ता छन्। 

सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको साढे २ अर्ब बढीको सेयर किनबेच भएको छ। 

त्यसैगरी यो साता न्याङदी हाइड्रोपावर, नेपाल पुनर्बिमा कम्पनी, सानोपुर मिनिरल एन्ड आयल र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको थियो। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्ष स्थानमा हिमालयन रि-इन्स्योरेन्स कम्पनी छ। त्यसैगरी, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, अरुण काभेली पावर कम्पनी र  हाइड्रोइलेक्ट्रिसिटीको सेयर माग उच्च देखिएको छ।  

यो साता सर्वाधिक सेयर डिमान्ड रहेका कम्पनीको सप्लाई अर्थात विक्रीचाप समेत उच्च नै देखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .