कारोबार


एनआईसी एशियाले भन्यो, ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’

एनआईसी एशियाले भन्यो, ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:५८, काठमाडौँ

निजी क्षेत्रको अग्रणी एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफू अब्बल रहेको जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको हो।

चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको जनाइएको छ।

पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यस अवधिमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३.८१ प्रतिशत पुगेको छ।

खराब कर्जा ५ प्रतिशत नाघे त्यस्तो बेला बैंकलाई जोखियुक्त मानिन्छ। तर, एनआईसी एशिया बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यसले बैंकको खराब कर्जा धेरै पुगिनसकेको देखाउँछ। 

पुस मसान्तसम्म बैंकले कूल ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दा ३ खर्ब २ अर्ब कर्जा प्रवाह गरेको छ। यस अवधिमा सम्रग वाणिज्य बैंकको औषत निक्षेप संकलन २ खर्ब ६५ अर्ब र कर्जा २ खर्ब २० अर्ब छ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बैंक अगाडि नै देखिन्छ। बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहबाट प्राप्त ब्याज आम्दानी नै मुख्य आयस्रोत हो। तसर्थ कर्जा प्रवाहमा एनआईसी अगाडि नै छ। 

साथै, औसत वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १५.०४ रुपैयाँ हुँदा एनआईसी एशिया बैंकको मात्रै २५.५९ रुपैयाँ छ। 

वाणिज्य बैंकहरूको औषत किताबी मूल्य (नेटवर्थ) १७८.९४ ?पैयाँ रहेको बेला एनआईसी एशिया बैंकको नेटवर्थ २०५.१० रूपैयाँ छ।

बैंकको तरलता अनुपात २७.२८ प्रतिशत छ। कर्जा निक्षेप अनुपात ७७.१८ प्रतिशत छ। यसले बैंकसँग लगानी योग्यरकम (तरलता) अधिक रहेको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad