कारोबार


चीनमा घट्यो आईफोन बिक्री, ह्वावेको बढ्यो

चीनमा घट्यो आईफोन बिक्री, ह्वावेको बढ्यो

नेपालखबर
फागुन २३, २०८० बुधबार १३:२८, काठमाडौँ

चीनमा एप्पलका आईफोनको बिक्री घटेको छ। बजार अनुसन्धान कम्पनी काउन्टर पोइन्टका अनुसार सन् २०२४ को पहिलो ६ हप्तामा २४ प्रतिशतले आईफोन बिक्री घटेको छ। 

आईफोन बिक्रेता एप्पलले चीनकै ह्वावेसँग कडा प्रतिस्पर्धाको सामना गरेको देखिएको छ। सोही अवधिमा ह्वावेको बिक्री ६४ प्रतिशतले बढेको छ। 

चीन एप्पलको ठूलामध्ये एक मुख्य बजार हो। त्यसो त एक वर्षअघिको सोही अवधिको तुलनामा चीनमा समग्रमा स्मार्टफोनहरुको बिक्री ७ प्रतिशतले घटेको छ।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad