कारोबार


सिलिगुडी करिडोरबाट चार देशबीच व्यापार विस्तार गर्न सिलिगुडीमै छलफल

औद्योगिक पार्कहरू बनाएर लगानी आकर्षित गर्न केसीको जोड
सिलिगुडी करिडोरबाट चार देशबीच व्यापार विस्तार गर्न सिलिगुडीमै छलफल

नेपालखबर
चैत ९, २०८० शुक्रबार १२:४६, काठमाडौँ

भारतको बंगाल चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीको इनिसिएटिभ ‘उत्तर बंगलका लागि दिगो लगानी सम्भावना’ को तेस्रो संस्करण सम्पन्न भएको छ। 

यस क्षेत्रको समृद्धिमा व्यावसायिक अवसर र लगानीबारे बिहीबार सिलिगुडीमा विविध छलफल भएको हो। उद्घाटन समारोहमा नेपाल भारत चेम्बर्स अफ कमर्सका उपाध्यक्ष सुनिल केसीले पनि आफ्नो मन्तव्य राखेका थिए। 

सो क्रममा उनले नेपाल र भारतबीचको आर्थिक सहकार्यका लागि धेरै अवसरहरु रहेको उल्लेख गरे। विशेष गरी उत्तरी बंगाल र नेपालबीच यस्ता अवसर रहेको केसीको भनाइ थियो। 

यस क्षेत्रका प्राकृतिक स्रोतको समुचित प्रयोगबाट दिगो विकासमा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो। सिलिगुडी करिडोरमा सडक पूर्वाधार, रेलवे र हवाइ सञ्जालको आवश्यकता उनले औँल्याएका थिए। बंगलादेश, भुटान भारत र नेपालका लागि यो अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

मौजुदा पूर्वाधारलाई अपग्रेड गर्दै लजिस्टिक हबहरु स्थापनाबाट वस्तु र मानिसहरुको सीमावारपारलाई प्राथमिकता दिनुपर्ने केसीले बताएका थिए।

केसीले बंगलादेश, भुटान, भारत र नेपालबीच सीमापार व्यापार र लगानीको अभिवृद्धिको खाँचो रहेको बताएका थिए। आपसी परामर्शमा यस क्षेत्रमा विशेष औद्योगिक क्षेत्र र औद्योगिक पार्कहरु बनाएर विदेशी लगानी र आर्थिक वृद्धिलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। 

सो कार्यक्रममा सिलिगुडी म्युनिसिपाल कर्पोरेसनका मेयर गौतम देव, कोलकातास्थित बंगलादेशका डेपुटी हाइ कमिसनर एन्डालिब एलियास, कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, टेक्नो इन्डिया ग्रुपका भाष्कर रोयलगायतले सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .